काठमाडौं । कारोबार साताको अन्तिम दिन सेयर बजार उतारचढाव रह्यो । शुरुवाती सयम नेप्से २९१२ अंकसम्म बढेको थियो । अन्त्यमा रातो भएर बन्द हुन पुगेको छ ।
बिहीबार नेप्से ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा पुगेको छ ।
आज २३० कम्पनीको ७२ हजार ८५८ पटक सेयर कारोबार भएको छ । १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ ।
ट्रेडिङ, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूह बढेका छन् ।
हिमालयन पावर पार्टनर र सानिमा लाईफ इन्स्यारेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिडी हाइड्रो पावरको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ ।