नेप्से सामान्य अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज १३ लाख ७० हजारको कित्ता सेयर ४८ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ, फाइनान्स, अन्य र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मन्डाकिनी हाइड्रोपावरको सेयरमा ९.२० प्रतिशतको सर्किट लागेको छ ।

आज नेशनल माइक्रो फाइनान्स लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ७५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको २ करोड ६९ लाख, रिडी पावरको २ करोड ४ लाख, हिमालयन डेष्टिलरीको १ करोड ४४ लाख र नेपाल टेलिकमको १ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स