सेयर बजारमा छायो हरियाली, सामुदायिक लघुवित्तमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ अंक विन्दुमा आइपुगेको छ ।

आज २१ लाख ७ हजारको कित्ता सेयर ६६ करोड ३० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सामुदायिक लघुवित्तको सेयरमा ९.९७ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

आज रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २ करोड ८५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको २ करोड ६१ लाख, सानिमा माई हाइड्रोपावरको २ करोड २६ लाख, नेष्डो समृद्धि लघुवित्तको २ करोड १८ लाख र हिमालयन डेष्टिलरीको १ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स