सेयर कर्जा घटाउन राजेन्द्र खेतानले बेचे १ अर्ब रुपैयाँको लक्ष्मी बैंक र एभरेष्ट इन्स्योरेन्स सेयर

काठमाडौं । व्यवसायी राजेन्द्र खेतानले लक्ष्मी बैंक र एभरेष्ट इन्स्योरेन्सको सेयर ठूलो मात्रामा बिक्री गरेका छन् । लक्ष्मी बैंकको करिव ३६ लाख कित्ता र एभरेष्ट इन्स्योरेन्सको ४ लाख कित्ता सेयर बिक्रि गरेका छन् । उनले सेयर धितो कर्जाको सीमा मिलाउन सो सेयर बिक्रि गरेका हुन् । सो सेयर बचेर उनले १ अर्ब रुपैयाँ सेयर धितो कर्जा तिर्ने छन् । त्यसपछि पनि भने उनको सेयर कर्जा १२ करोड रुपैयाँ रहने छ ।

उनले ठूलो मात्रामा बैंकको सेयर बिक्रि गर्दा आइतबार लक्ष्मी बैंकको सर्वाधिक २६ करोडको कारोबार भएको थियो । उनले ३ पटकमा गरेर शेयर बिक्रि गरेका हुन् । उनले पहिलो चरणमा ११ लाख कित्ता , दोस्रो चरणमा पनि ११ लाख कित्ता र तेस्रो तथा अन्तिम चरणमा १३ लाख ७५ हजार कित्ता सेयर बिक्रि गरेका हुन् । त्यस्तै उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ लाख कित्ता सेयर पनि बेचेका छन् । उनले सबै सेयर ब्रोकर नम्बर ४९ बाट बिक्रि गरेका हुन् ।

असोज ९ गते आइतबार ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको १३ लाख ७६ हजार ६ सय ५० कित्ता सेयर बिक्रि भएको छ । यी सेयर प्रति कित्ता १८६ देखि १९४ रुपैयासम्ममा बिक्रि भएका हुन् । त्यस्तै असोज २ गते ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको ११ लाख ४ हजार १ सय ५२ कित्ता सेयर बिक्रि भएको छ । यी सेयर प्रति कित्ता १८८ देखि १९८ रुपैयाँसम्म बिक्रि भएका हुन् । यसअघि उनले भदौ ३० गते ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको ११ लाख १ सय १० कित्ता सेयर बिक्रि भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स