सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँटः १ लाख ५ हजारले पाए सेयर, १२५१ जनाको आवेदन रद्द

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान सेयर बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज मंगलबार बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार उक्त कम्पनीको सेयर बिहान ९ बजे सेयर बाँडफाँट गरेको हो ।

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ आइपीओ प्रि–अलोटमेन्ट असोज ७ गते शुक्रवार भईसकेको छ । उक्त आईपीओमा माग भन्दा झन्डै १६ गुणा बढीको आवेदन परेको छ ।

सिडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो । बाँकी रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ बिक्रि गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स