हिमाल दोलखा हाईडोपावरको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । हिमाल दोलखा हाईडोपावर कम्पनीले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा यहि असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडोपावरको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोडको प्रति सेयर अंकित १०० रूपैयाँको दरले १ कित्ता सेयरको ०.७५ प्रतिशत को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स