इष्टर्न हाईड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुस् नतिजा

काठमाडौं । इष्टर्न हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असोज ९ गते आइतबार सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रतिकित्ता १ सय अंकित दरमा ६ लाख २० हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।

आईपीओमा रितपुर्वक आवेदन दिने स्थानीयलाई ५ लाख ६९ हजार ६ सय ९० कित्ता सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । स्थानीयले खरिद नगरेको ५० हजार ३ सय १० कित्ता सर्वसाधारणलाई थपेर निष्काशन हुने छ ।

कम्पनीले भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म आयोजना प्रभावित स्थानीयवासीका लागि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गरेको थियो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ बाट हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स