२३ अंकले घट्यो नेप्से, अभियान लघुवित्तमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

आइतबार, नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख १४ हजारको कित्ता सेयर १ अर्ब ७ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

आज लक्ष्मी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड २ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको ४ करोड २९ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४९ लाख, निफ्राको २ करोड ५९ लाख र अरुण काबेली पावरको २ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स