बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा

काठमाडौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेका छन् ।

कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जसअनुसार बोटलर्स नेपालले प्रतिसेयर २० रुपैयाँ र बोटलर्स नेपाल (तराई)ले प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश दुवै कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स