रुरु जलविद्युतको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक ४ गते १७ औं वार्षिक साधारणसभा डोकेको छ। सभा काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अपराह्न १ बजेबाट सुरु हुनेछ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स