सेयर बजारमा आज सबैभन्दा धेरै गुमाउने कम्पनी यस्ता छन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा पुगेको छ । नेप्से २.०४ प्रतिशतले घटेको हो ।

बुधबार २२५ कम्पनीको सेयर ७४ हजार ८९० पटक कारोबार भएको छ । १ करोड ६१ लाख ४८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

३८ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर छ । आज सबै उपसमूहहरु राता भएका छन् ।

लाइफ इन्स्योरेन्स नेपालको सेयर मूल्य ६.०६ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता २१२९ रुपैयाँमा कारोबार भएको थियो भने आज २००० रुपैयाँ छ । कम्पनीको सेयर मूल्य १२९ रुपैयाँले घटेको छ ।

गुडविल फाइनान्सको सेयर मूल्य ५.४७ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ८७७ रुपैयाँमा कारोबार भएको थियो भने आज ८२९ रुपैयाँ छ । ४८ रुपैयाँले कम्पनीको सेयर मूल्य घटेको हो ।

एनआईबिएल समृद्धि फण्डयानआइबियाल समृद्धि फण्ड १ को मूल्य ५.३३ प्रतिशतले घटेको छ । मंगलबार फण्ड १२.२० रुपैयाँमा कारोबार भएको थियो भने आज ११.५५ रुपैयाँ छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.२९ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १४९४ रुपैयाँमा कारोबार भएको थियो भने आज १४१५ रुपैयाँ छ । ७९ रुपैयाँले कम्पनीको सेयर मूल्य घटेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनासको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ६६० रुपैयाँमा कारोबार भएको थियो भने ६२७ रुपैयाँ पुगेको छ । ३३ रुपैयाँले कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स