६० अंकले नेप्से घट्दा पनि सेयर मूल्य बढाउने कम्पनी यस्ता छन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा पुगेको छ । नेप्से २.०४ प्रतिशतले घटेको हो ।

बुधबार २२५ कम्पनीको सेयर ७४ हजार ८९० पटक कारोबार भएको छ । १ करोड ६१ लाख ४८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

३८ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर छ । आज सबै उपसमूहहरु राता भएका छन् ।

आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ४५२.२० रुपैयाँमा कारोबार भएको थियो भने आज ४९७.४० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४५.२० रुपैयाँले बढेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको सेयर ८.६० प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १००० रुपैयाँमा कारोबार भएको थियो भने आज १०८६ रुपैयाँ पुगेको छ । ८६ रुपैयाँले कम्पनीको सेयर बढेको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज ६५० रुपैयाँ पुगेको छ । आज कम्पनीको सेयर ५० रुपैयाँले बढेको हो ।

यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य ७.६४ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता ४८४ रुपैयाँमा कारोबार भएको थियो भने आज ५२१ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले बढेको छ ।

स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य ६.९८ प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १५०५ रुपैयाँमा कारोबार भएको थियो भने आज १६१० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १०५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स