११ अंकले बढ्यो नेप्से, समलिङ पावरमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ३१ हजारको कित्ता सेयर ७२ करोड १२ लाखमा खरिद बिक्री भएको छ ।

त्यसैगरि, समलिङ पावर कम्पनीको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

आज १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३८ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, रिडी हाइड्रोपावरको २ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख, अपि पावरको १ करोड ८६ लाख, र गोर्खाज फाइनान्सको १ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स