नयाँ स्टक एक्सचेन्ज थप्ने विषयमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ समितिको पत्र

काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप गर्ने सूचना आव्हान गरेपछि अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र काटेको छ । अर्थ समितिले यस सम्बन्धमा सात दिन भित्र प्रगति विवरण बुझाउने निर्देशनसहित पत्र काटेको हो । अर्थ समितिले गत भदौ ३१ गते लेखेको पत्रको जवाफ सात दिन भित्र दिन समितिले भनेको छ ।

नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई नेप्से कर्मचारी संघ र नेपाल स्टक ब्रोकर एसोसिएसनले समिति सभापति समक्ष दिएको निवेदन उपर कारबाही गर्दै उक्त विवरण माग गरेको पत्रमा उल्लेख छ ।

समितिले पठाएको पत्र नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड दुवैले बुझी सकेका छन् । उनीहरूले पछिल्लो समय भएको प्रगति विवरण बुझाउने क्रममा रहेको बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स