अरुण काबेली हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश  स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

1 COMMENT

  1. हाईड्राेकाे लाभांस बीमा समितिले स्वीकृत गर्ने नाैलाे चलन कतावाट अायाे ??

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स