शुक्रबारको अन्तिम सेयर कारोबारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । शुक्रबारको अन्तिम सेयर कारोबारमा गिरावट आएको छ ।

शुक्रबार, नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख १६ हजारको कित्ता सेयर ९० करोड ८१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज रिडी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड २३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, हिमायलन डेष्टिलरीको ३ करोड २ लाख, नबिल बैंकको ३ करोड ५५ हजार, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८४ लाख र अपि पावर कम्पनीको २ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स