सिक्लेस हाइड्रोपावरको आईपीओमा ७.६२ गुणा बढी आवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको निष्कासन गरेको आईपीओमा साढे ७ गुणा बढी आवेदन परेको छ।

बिहीबार साँझ ५ः१० बजेसम्म ७ लाख ६ हजार ६४३ आवेदकबाट कुल ८० लाख ६६ हजार १४० कित्ता सेयर खरिद आवेदन परेको सीडीएससीले जनाएको छ।

जुन मागभन्दा ७.६२ गुणा बढी हो।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असोज २ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स