काठमाडौं । दुई दिन हरियाली छाएको सेयर बजारमा एकैदिन भारी अंकको गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ५७.०० अंकले घटेर १९२४.४८ अंक विन्दुमा आइपुगेको छ ।
आज ६९ लाख ४० हजारको कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।
आज २ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ ।
आज लक्ष्मी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ५० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, रिडी हाइड्रोपावरको ११ करोड ६४ लाख, अपि पावर कम्पनीको ७ करोड ३५ लाख, नेपाल टेलिकमको ६ करोड ६८ लाख र हिमायलन डेष्टिलरीको ५ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।