पिपुल्स हाइड्रोपावरको आईपीओमा भोलिबाट आवेदन दिन सकिने

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले भोलि(भदौ ३१ गते)देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयको लागि ३२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ (तत्कालिन ढोढेनी र फलेनी गा.वि.स.) का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता तथा लमजुंग जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । कम्पनीको सेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स