काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै ३.१४ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको आईपीओमा बुधबार साँझ ५ बजेसम्ममा २ लाख ९० हजार ८२७ वटा आवेदनबाट ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको ३३ लाख २३ हजार २८० कित्ता सेयरको लागि आवेदन परेको हो ।
जुन सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता सेयरको ३.१४ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।
जस मध्ये ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असोज २ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने छन् ।
कम्पनीको सेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।