काठमाडौं । वारेन बफेट जब ११ वर्षको उमेरका थिए । उनले जिन्दगीमा पहिलो सेयर किनेका थिए । उनीसँग ११४ डलर बचत थियो । उनले आफ्नो भएको सबै पैसा सिटी क्रोर्प सेयर लगानी गरेका थिए । प्रतिकित्ता ३८ का दरले उनले तिन कित्ता सेयर किनेका थिए ।
आफूसँग भएको सम्पूर्ण पैसा त्यस कम्पनीले उनले कसैको टिप्स अथवा सुझावमा लगाएका थिएनन् । त्यसमा लगानी गर्नका लागि उनले कम्पनीको गहिरो अध्ययन गरेका थिए । उनले सिटी क्रोर्पले राम्रो लाभांश दिने इतिहास बोकेको कम्पनी भनेर पत्ता लगाएका थिए ।
लाभांस दिन नसकेको कारण पनि पत्ता लगाएपछि उनले कम्पनी मूल्य भन्दा धेरै पैसा कम्पनीमा भएको एउटा दरिलो आधारको रुपमा लगानी गरे (कम्पनीमा १०० डलर क्यास पर सेयर जम्मा भइसकेको थियो) । सोबाट उनले राम्रै मुनाफा आर्जन गरेका थिए ।
आजको दिनमा औसत लगानीकर्ताहरू कुनै .लगानी गर्न अरूसँग सुझाव लिने, टिप्स लिने र सामान्य तर्कको आधारमा मार्केटमा प्रवेश गरेको देखिन्छ । केही कम्पनीबाट मुनाफा आर्जन गरे पनि कालान्तरमा पैसा गुमाउने सम्भावना अत्याधिक उच्च देखिन्छ ।
जबकि आजको दिन सूचना र ज्ञान पाउन अहिले जस्तो सजिलो कहिले पनि थिएन । सामाजिक सञ्जालमा फैलिएका गलत सूचनाका आधारमा लगानीकर्ताहरू सधँै गलत सूचना फैलाएर लगानीकर्तालाई पहिरोतिर लैजान धेरै प्रयासहरू भइरहेका हुन्छन् ।
त्यसैले आजको दिनमा लगानीकर्ताले आफू स्वतन्त्र भएर आफ्नो अध्ययनबाट निस्किएको आधारमा लगानी गर्नुपर्छ । जब वारेन बफेटले पहिलो लगानी गरेका थिए । त्यतिबेला उनी दिउँसोको समयमा काम गरेर आफ्नो अतिरिक्त्त समयमा विश्लेषण गरेर लगानी गर्ने गरेका थिए । आफ्नो लगानीयोग्य रकम धेरै होस् या थोरै आफ्नो सहि मानसिकताका साथ गर्नुपर्छ भनेर बताएका छन् ।
जसरी रोपेको बिरुवालाई मलजल गरेर हुर्काइन्छ त्यसरी नै आफूले गरेको लगानीलाई स्यार सुसार गरेर बढाउन सक्नुपर्छ । सेयर बजारमा लगानी गर्दा पहिलो पूरै नीतिगत योजना सहित बनाउन सक्नुपर्छ ।
उनले एउटा अन्तरर्वाता भनेका थिए । सुरुमा मैले सेयर खरिद बिक्रि गर्ने गर्थे । जब जामिन ग्रामबेलको इन्टलेजेन्ट इन्भेष्टर पढे त्यसपछि महसुस भयो । मैले सबै कुरा गलत सोच तरिकाबाट गरेको रहेछु । अनि त्यस पछि मैले स्टक कहिल्यै गरिन खरिद गरे त कम्पनीको मालिक भए जसरी किन बेच गर्न लागे जसले गर्दा मलाई बजार तल माथि हुँदा कहिल्यै पनि तनाव भएन बजार तल झर्दा बरु अझ धेरै किन्ने गर्ने गर्छु ।
मान्छेले मलाई यति धेरै पैसा भएर पनि किन ठूला महल किन्नु नभएको, किन एउटा मात्र घर छ भनेर प्रश्न गर्ने गर्छन् मैले अधिकांश समय भन्ने गर्छु । धेरै घर हुनु ठूलो घर हुनु भनेको समस्या मात्रै हो । धेरै करको झंन्झट हो । यी सबै कुरा भन्दा आफूलाई जति चाहिन्छ । त्यतिको मात्र प्रयोग गरे हुन्छ । ट्याक्स जस्ता अनावश्यक कुरामा पैसा खर्च गरेर के अन्यथा टेन्सन लिने । उनको साधा जीवन उच्च विचारलाई मज्जाले प्रष्टाउँछ ।