४७ अंकले बढ्यो नेप्से, ग्रीन डेभलपमेन्ट बैंकमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४६ लाख १८ हजारको कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १८४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको घटेको छ ।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ५१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख, हिमायलन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख, अपि पावर कम्पनीको ४ करोड २९ लाख र हिमालयन डिस्टिलरीकोे ३ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स