रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न,यसरी हेर्नुस नतिजा

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भदौ २८ गते मंगलबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिएको हो ।

कम्पनीले असार १३ गतेदेखि साउन ३१ गते सम्मआयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

उक्त आईपीओमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिएका थिए।

यसरी हेर्नुस् आईपीओको नतिजा
१. बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/
२.सहायक बिक्रि प्रबन्धकहरु एनआइबिएल एस क्यापिटलको वेबसाइट : https://www.niblcapital.com/,
३. ग्लोबल आईएमई क्यापिटलको वेबसाइट : https://www.globalimecapital.com/
४.सनराइज क्यापिटलको वेबसाइट : http://www.sunrisecapital.com.np/
५.सिडीएससीको वेबसाइट : https://iporesult.cdsc.com.np/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स