आजबाट सिक्लेस हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले आज (भदौ २९ गते)देखि सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असोज २ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ बिक्री गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।

कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स