सेयर बजारमा छायो हरियाली, बोट्लर्स नेपालमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ४६ हजारको कित्ता सेयर ९२ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, बोट्लर्स नेपालको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ९४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, रिडी हाइड्रोपावरको ५ करोड ६३ लाख, हिमायलन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख, अरुण काबेली पावरको ३ करोड ७३ लाख र अपि पावर कम्पनीको २ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स