१९ कम्पनीको पौन ६ अर्बको आईपीओ आउँदै, जलविद्युत कम्पनी बढी

काठमाडौं । देशमा सञ्चालित विभिन्न पब्लिक कम्पनीले धमाधम आईपीओ निष्काशन गर्न थालेका छन् । विभिन्न १९ कम्पनीले ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् । अहिले आईपीओ निष्कासनका लागि अनुमति लिनका लागि कुरेर बसेका कम्पनीमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

अहिलेसेयर बजारमा ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयर पाइपलाइनमा रहेको छ । जलविद्युत कम्पनीपछि माइक्रोफाइनान्स, बीमा कम्पनी र अन्य कम्पनी रहेका छन् ।

बोर्डमा आईपीओ निष्काशन गर्नका लागि ११ जलविद्युत कम्पनी, ४ माइक्रोफाइनान्स कम्पनी २ बीमा कम्पनी र अन्य २ वटा कम्पनी रहेका छन् । जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि, केहीले स्थानीय र सर्वसाधारण दुवैको लागि साधारण सेयर निष्काशन गर्ने भएका छन् ।

आईपीओ निष्काशन गर्न लागेका १९ वटा कम्पनीमा पनि रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । रिलायबलले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारी गरेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर निष्काशन गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले उक्त आईपीओ प्रतिकित्ता १ सय रुपैयाँको दरमा निष्काशन गर्न लागेको हो ।

त्यस्तै माइक्रोफाइनान्समा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था रहेको छ ।

सबैभन्दा बढी चर्चामा रहेको डिसहोमले पनि आईपीओ निष्काशनको लागि आवेदन दिएको छ । समेत रहेको छ । डिसहोम मिडिया नेटवर्कले सर्वसाधारणको लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो कम्पनीको आईपीओ लामो समयदेखि निकै चर्चामा रहेको छ ।

आईपीओ निष्काश गर्न लागेका कम्पनीमा सबैभन्दा बढी सयपत्री हाईड्रोपावरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र सबैभन्दा कम ग्रिनभेन्चर कम्पनीले २ करोड ६६ लाख २५ रुपैयाँको २ लाख ६६ हजार २५० कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेका छन् ।

यी कम्पनीको आईपीओ स्वीकृत भएसँगै नेपालको पुँजी बजारमा ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको लगानी र ४ करोड ९४ लाख १६ हजार १८४ कित्ता सेयर थपिने छ । बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले स्वीकृत पाएपछि आईपीओ निष्काशन गर्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स