१३ अंकले घट्यो नेप्से, नबिल बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

सोमबार, नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ अंक विन्दुमा आइपुगेको छ ।

आज २६ लाख १३ हजारको कित्ता सेयर ८३ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, रिडी हाइड्रोपावरको २ करोड ७९ लाख, हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख, अपि पावरको २ करोड २७ लाख र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५ लाख रुपैयाँमा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स