श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, ३६ हजार ८५९ जनाले पाए १० कित्ता सेयर,यसरी हेर्नुस् नतिजा

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज बिहान बिक्री प्रबन्धक सनराइज क्यापिटलले आफ्नै कार्यालयमा सेयर बाँडफाँट गरेको हो।

आईपीओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको छ भने १८ लाख ३७ हजार ४ सय ३६ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट सेयर बाँडफाँट गर्दा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।

कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय ९० कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए।

नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ ।

१.बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट : www.sunrisecapital.com.np
२.सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/
४.श्रीजनशील लघुवित्त कम्पनीको वेबसाइट : www.shrijanshil.org/en

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स