११ अंकले घट्यो नेप्से, ७४ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

आइतबार, नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख २४ हजारको कित्ता सेयर ७४ करोड ७२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ अन्य बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्स सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ९५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको ३ करोड १७ लाख, रिडी हाइड्रोपावरको २ करोड ७५ लाख, अपि पावराके २करोड २२ लाख र एनटिसीको २ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स