श्रृजनशील लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने, ३६ हजार ८५९ जनाले मात्रै सेयर पाउने

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ भोलि (भदौ २७ गते) बिहान ९ बजे बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय ९० कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ५ हजार १८६ जना आवेदनबाट २ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ता सेयरको लागि आवेदन परेको हो ।

कम्पनीको अनुसार भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै सेयर पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स