सगरमाथा जलविद्युत र माईखोला हाइड्रोपावरले आईपीओ निष्काशनको लागि दियो बोर्डमा आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएका छन् ।

सगरमाथाले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति माग गर्दे आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। कम्पनीले इलामको माईखोलामा ९.६ मेगावाटको सुपर माई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।
बोर्डमा सगरमाथाले भदौ ९ गते आवेदन दिएको हो ।

त्यस्तै, माईखोलाले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता सेयर निष्काशनको लागि अनुमति माग गर्दे आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। माईखोला हाइड्रोले इलाम कै माईखोलामा ४.५ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । कम्पनीले भदौ २२ गते आवेदन दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स