ङादी ग्रुप पावरको हकप्रद सेयर बाँडफाँट

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन गरेको हकप्रद बाँडफाँट भएको छ । बुधबार बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले हकप्रद सेयर बाँडफाँट सम्पन्न गरेको हो ।

क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकहरुलाई ९३ लाख ४६ हजार ६ सय ९६ कित्ता सेयर बाँडफाँट गरिएको छ । बिक्री नभएको १२ लाख ५७ हजार २ सय ९० कित्ता सेयर भने लिलाममा आउने छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स