नेप्से ११ अंकले घट्दा ८२ करोडको कारोबार, यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख ४३ हजारको कित्ता सेयर ८२ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड ६५ लाख रुपैयाँ नबिल बैंकको २ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स