१ अर्बमा खुम्चदै गएको पुँजी बजारलाई किन चाहियो नयाँ स्टक एक्सचेञ्ज ?

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नयाँ स्टक ल्याउनुभन्दा नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नु पर्ने बताएका छन् । हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा सांसदहरूले जोड दिएका हुन् ।

बैठकमा सांसद कृष्णप्रसाद दाहालले सरकारले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागेको बताए । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै दाहालले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए ।

हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा उनले जोड दिएका छन् । नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर १ अर्बमा सीमित हुन लागेको गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स