नेप्से २१ अंकले घट्दा एक कम्पनीमा लाग्यो सर्किट, हिमालयन एभरेष्ट इन्सोरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३२ लाख ९ हजारको कित्ता सेयर १ अर्ब १९ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, उन्नती सहकारी लद्युवित्तमा ९.६८ प्रतिशतको सर्किट लागेको छ ।

आज हिमालयन एभरेष्ट इन्सोरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड १४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ११ लाख, सानिमा माई हाइड्रोपावरको ८ करोड ५५ लाख, नबिल बैंकको ५ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स