खप्तड लघुवित्तको आईपीओ बाँडफाँट, १२ हजार ३४० आवेदकले पाए १० कित्ता सेयर,यसरी हेर्नुस् नतिजा

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान १० बजे क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँट गरेको हो।

लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । अन्तिम दिनसम्म यो आईपीओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । ती मध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ। गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी १८ लाख ३७ हजार बढीको हात खाली भएको छ।

लघुवित्तले जारी पुँँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गरेको हो ।

यस अनुसार लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो। लघुवित्तले निष्काशन गरेको कुल सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पुँँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।

१.बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट : https://www.prabhucapital.com

२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,

३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/

४. खप्तड लघुवित्त कम्पनीको वेबसाइट :https://khaptadmfi.com.np/

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स