खप्तड लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ भोलि (भदौ २०) गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले सोमबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँट गर्न लागेको हो।

लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले जारी पुँँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गरेको हो ।

यस अनुसार लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो। लघुवित्तले निष्काशन गरेको कुल सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पुँँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स