सेयर बजारमा छायो हरियाली, दुई कम्पनीमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लगातार घटेको सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख ७६ हजारको कित्ता सेयर १ अर्ब ७ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम, मेन्यु एण्ड प्रो,अन्य र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, रुरु जलविद्युतमा १०% र हिमालयन एभरेष्ट इन्सोरेन्समा ९.१८ प्रतिशतको सर्किट लागेको छ ।

आज रिडी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ९१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनटिसीको ६ करोड ५३ लाख, नबिल बैंकको ६ करोड ३० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ७८ लाख र हिमालय डिस्टिलरीको ३ करोड ९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स