नेप्सेद्वारा असोजबाट शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आउँदो असोजबाट शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। आज बसेको नेप्सेको सञ्चालक समिति बैठकले असोजबाट शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो।

सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि सेयर बजार सोमबारदेखि शुक्रबारसम्म कारोबार हुँदै आएको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा बन्द गरेपछि आइतबारदेखि शुक्रबारसम्म नै कारोबार हुन थालेको थियो।

लगानीकर्ताले शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै विभिन्न लगानीकर्ताका संगठनहरुले ज्ञापनपत्र पनि बुझाएका थिए। उनीहरुले अन्तर्राष्ट्रिय बजारमा सेयर कारोबार ५ दिनमात्रै हुने भएकोले नेपालमा सोही व्यवस्था गर्न माग गरेका थिए।

योसँगै अब असोज महिनादेखि सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनमा आइतबारदेखि बिहिबारसम्म सेयर कारोबार हुनेछ ।

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स