२९ वटा कम्पनीको १० अर्ब बढीको आईपीओ पाइपलाइनमा, कुनको कति ?

काठमाडौं । पछिल्लो समय विभिन्न क्षेत्रका २९ वटा कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन् ।

२९ वटा कम्पनीले कुल १० अर्ब ४ करोड ८८ लाख २८ हजार १८५ रुपैयाँ बराबरका ७ करोड १९ लाख २८ हजार ७०५ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका हुन् ।

आईपीओ पाइपलाइनमा रहेका २९ कम्पनीमध्ये सबैभन्दा बढी १६ वटा जलविद्युत् कम्पनी छन् । त्यस्तै २ वटा बीमा कम्पनी, उत्पादनमूलक कम्पनी ३ वटा र २ वटा माइक्रोफाइनान्स कम्पनी छन् ।

बोर्डमा आवेदन दिएका मध्ये १९ कम्पनीको आवेदन प्रारम्भिक रिभ्यूको चरणमै छन् । ४ वटा कम्पनीको आवेदनलाई बोर्डले रिभ्यू गरेर कमेन्ट पाठाएका छन् । भने बाँकी ६ वटा कम्पनीले बोर्डले दिएको प्रतिक्रियामाथि जवाफ पठाइसकेका छन् ।

पाइपलाइनमा रहेको १६ हाइड्रोपावर कम्पनीः
कुर्थोली हाइड्रोपावर कम्पनीले अंकित कूल्य १०० रुपैयाँका दरले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको २ लाख ४३ हजार ७ सय ३५ कित्ता आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत वर्ष साउन ३२ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल रहेको छ ।

माया खोला हाईड्रोपावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्काशनको माग गरेको छ । कम्पनीले आईपीओ निष्काशन माग गर्दै बैशाख २८ गते बोर्डमा आवेदन दिएको थियोे । कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

सानिमा मिडिल तम्मोर हाईड्रोपावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै लागि असार २४ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

पिपुल्स हाइड्रोपावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै गत वर्ष चैत्र २२ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

इङवा हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्काशनको माग गरेको हो । कम्पनीले गत वर्ष फागुन १६ गते आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटल रहेको छ ।

भुगोल इर्नजी डेभलपमेण्ट हाइड्रोपावर कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता सेयर निष्काशनको माग गरेको हो । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै गत वर्ष चैत्र २ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि एनआईसी एशिया क्यापिटललाई नियूक्त गरेको छ ।

मक्कर जितुमाया हाइड्रोपावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै बैशाख ८ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

सुपर म्यादी हाइड्रोपावर कम्पनीले असार १५ गते ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीको निष्काशन गर्नका लागि आवेदन दिएको हो ।कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियूक्ति गरेको छ ।

सुभम् पावर हाइड्रोपावर कम्पनीले कुल ५ लाख ८० हजार ५ सय ८० कित्ता आईपीओ मध्ये १ लाख ८० हजार ५ सय ८० कित्ता आयोजना प्रभावित र बाँकी रहेको ४ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले गत वर्ष चैत्र ३० गते आईपीओ निष्काशन गर्नका लागि माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मूक्तिनाथ क्यापिटलले गर्नेछ ।

रवा इर्नजी डेपलपमेण्ट हाइड्रोपावर कम्पनीले ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि असार १३ गते बोर्डमा आवेदन दिएको हो । बोर्डले असार ३० गते नै कम्पनीलाई थप कागजपत्र पेस गर्न भनेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्तान आईपीओ निष्काशनको लागि बोर्डमा असार ३१ गते आवेदन दिएको हो । कम्पनीले प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्र्थ क्यापिटल रहेको छ ।

सुपरमाई हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका दरले १० करोड रुपैयाँ बराबरको १ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै गत वर्ष मंसिर २० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्याटिल रहेको छ ।

थ्रि स्टार हाईड्रोपावर कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै गत वर्ष साउन १७ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्याटिल रहेको छ ।

मैलुङ खोला हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काश गर्नका लागि आवेदन दिएको हो ।कम्पनीले गत वर्ष साउन १ गते आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्याटिल रहेको छ ।

बराही हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँको दरले ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै गत वर्ष चैत्र १७ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री नबिल एस क्यापिटल रहेको छ ।

एशियन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका दरले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपीओ निष्काश गर्नको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशनको माग राख्दै गत वर्ष पुष ११ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियूक्त गरेको छ ।

त्यस्तै, इन्स्योरेन्सतर्फ रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले सेयर निष्काशनका लागि गत साउन १२ गते आवेदन दिएको थियो । त्यसपछि बोर्डले कात्तिक १५ गते थप कागजपत्र ल्याउन भनेको थियो । कम्पनीले स्वीकृति पाएपछि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नेछ । अंकित मूल्य प्रतिकित्ता १०० मा ११२ रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता २१२ रुपैयाँका दरले आईपीओ निष्काशन हुनेछ । कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशनका लागि २०७८ जेठ ३१ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डले २०७८ असार २२ गते नै अनुमतिबारे प्रतिक्रिया पठाएको थियो । कम्पनीले सेयर निष्काशन अनुमति पाएपछि सर्वसाधरणका लागि बिक्री खुला गर्नेछ । आईएमई लाइफ इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

होटल एण्ड टुरिजम तर्फ
होटल एण्ड टुरिजम तर्फ कालिञ्चोक दर्शन कम्पनी बोर्डको पाइपलाईनमा रहेको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि बोर्डको अनुमतिको पर्खेर बसेको हो । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै गत वर्ष चैत्र १५ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डले कम्पनीलाई असार १० गते प्रतिक्रिया पठाएकोमा कम्पनीको बोर्डको प्रतिक्रियाको जवाफ असार २९ गते नै दिइसकेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले बोर्डबाट आईपीओ निष्काशन अनुमति पाएपछि कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्टले गर्नेछ ।

त्यसैगरि, सिटी होटलले पनि बोर्डमा आईपीओ निष्काशनको अनुमति मागेको छ । कम्पनीले आईपीआ निष्काशनको माग गर्दै गत वर्ष चैत्र ३० गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणको लागि १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

त्यसैगरि लघुवित्ततर्फ बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले मूल्य १०० रुपैयाँ अंकित दरले ९ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै असार ८ गते बोर्ड आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अवेदन दिएको छ । संस्थाले सेयर निष्काशनको अनुमति प्राप्त गरेपछि २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । संस्थाको निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । संस्थाले गत वर्ष चैत्र २१ गते सेयर निष्काशनका लागि आवेदन दिएको थियो । भने बोर्डले असार १० गते प्रतिक्रिया पठाएको छ ।

उत्पादन तथा प्रशोधनमुलक क्षेत्रका ३ कम्पनीहरु रहेको छ । यी कम्पनीहरुले कुल १ करोड ११ लाख १४ हजार ४ सय ४१ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

जसमध्ये घोराही सिमेन्टले प्रिमियम मूल्यमा साढे ३ अर्ब बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्काशनको माग गर्दै बार्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता तथा सर्वसाधरणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि १०० रुपैयाँको अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० सय रुपैयाँमा आईपीओ जारी गर्नेछ । भने सर्वसाधारणका लागि अंकित मूल्यमा ३४५ रुपैयाँ प्रिमियम थप गरेर ४ सय ३५ रुपैयाँमा आईपीओ जारी गर्नेछ । आइपीओ निष्काशनका लागि कम्पनीले हिमालयन क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

त्यस्तै, सर्वोत्तम सिमेन्ट कम्पनीले पनि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २४ लाख कित्ता आईपीओ निष्काशनको माग गर्दै असार २८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशनका लागि प्रतिकित्ता सेयर ५०१ रुपैयाँ देखि ७५१ रुपैयाँ ५० पैसाको रेञ्ज तोकेको छ । कम्पनीको आईपीओ बुक बिलिङ्ग प्रणलिबाट निष्काशन हुनेछ । भने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई नियुक्ति गरेको छ ।

रिलायन्स स्पिनिङ मिल्स कम्पनी पनि आईपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ निष्काशनको लागि असार ३१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ प्रतिकित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म मूल्य तोकेको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने अनुमति पाएपछि आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।

बोर्डको पाइपलाईनमा एउटा इन्भेष्टमेण्ट सेक्टरको हाथवे इन्भेष्टमेण्ट कम्पनी रहेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि गत वर्ष चैत्र २५ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले सर्वसाधारणका लागि १४ करोड ६२ लाख ५० हजार रुपैया बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लगेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबनधक ग्लोबल आईएमी क्यापिटल रहेको छ ।

अन्य क्षेत्रतर्फका ३ कम्पनी पाइपलाइनमा

यसैगरी, बोर्डको आईपीओ पाइपलाइनमा अन्य क्षेत्रतर्फका ३ वटा कम्पनी छन् । ३ कम्पनीकले कुल ३९ लाख ४४ हजार ९ सय ९ कित्ता आईपीओ निष्काशनका लागि आवेदन दिएको हो ।

३ कम्पनी मध्ये डिस मिडिया नेटवर्क कम्पनीको २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय ९२ कित्ता रहेको छ । कम्पनीले २ वर्ष अघि अर्थात २०७७ साल असार ३० गते बोर्डमा आवेदन दिएको थियो । त्यसयता २०७७ असोज १९ गते बोर्डले कम्पनीलाई प्रतिक्रिया पनि पठाएको छ जसको जवाफ बोर्डलाई प्राप्त भएको छैन । कम्पनीले अंकित मूल्य प्रतिकिता १०० रुपैयाँको दरले सर्वसाधारणलाई सेयर बिक्री खुला गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो ।

त्यस्तै मुक्तिनाथ कृषि कम्पनीले ४ करोड बराबरको ४ लाख कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले गत वर्ष फागुन २० गते बोर्डमा अवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँकै दरले सेयर बिक्री खुला गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट हो ।

ट्रेडटावर कम्पनीले पनि ११ लाख ५८ हजार ९ सय ८० कित्ता आईपीओ निष्काशनको लागि बोर्डका आवेदन दिएको हो । कम्पनीले असार १४ गते बोर्डका आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि मूल्य १०० रुपैयाँ अंकित दरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनको माग गरेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स