अरुण कावेलीले हकप्रद सेयर निष्कासनका लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । अरुण कावेली हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले १ बराबर १ सेयरको अनुपातमा हक्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो। कम्पनीले अनमति पाएपछि १०० रुपैयाँ दरमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०६ कित्ता सेयर बिक्रीमा ल्याउने छ।

कम्पनीले २०७८ कार्तिक २८ गते नै आवेदन दिएको भए पनि विद्युत नियम आयोगले प्रदान गरेको पूर्व स्वीकृतिको विवरण भदौ १२ गते बोर्डमा पेश गरेको हो ।

कम्पनीको हकप्रदको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स