काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीयको आईपीओमा ३० गुणा बढी आवेदन परेको छ ।
बिहीबार साँझ ५ः१० बजेसम्ममा ९ लाख ९४ हजार ४४६ जना आवेदनबाट १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ८३ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।
जुन सर्वसाधारणलाई छुट्टाएको ३ लाख ६८ हजार ५९० कित्ताको ३०.०७ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो ।
जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय ९० कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । आईपीओ पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले भदौ १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
नेपाल धितोपत्र बोर्डले साउन १८ गते कम्पनीलाई सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ ।