काठमाण्डौ । डोल्टी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले सेबोनमा साउन १३ गते आईपीओ निष्कासनको लागि आवेदन दिएको हो । कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाएको पत्र भदौ १२ गते बोर्डमा बुझाएको छ ।
सेबोनले अनुमति दिएमा कुल १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता सेयर निष्काशन गर्ने छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ।
कम्पनीको सेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
कम्पनीले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।