राधी विद्युतले असोज ५ गतेदेखि हकप्रद निष्काशन गर्ने

काठमाडौं । राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।यस हकप्रदमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ १० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

कम्पनीको हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स