सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बुधबार बिक्री प्रबन्धक बिओके क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

आईपिओ बाँडफाँटको नतिजा सिक्लेस हाइड्रोको वेबसाइट www.sikleshydro.com.np/ र क्यापिटलको वेबसाइट bokcapital.com.np/allotment/ बाट हेर्न सकिने क्यापिटलले जनाएको छ ।

आईपीओमा नपरेको पैसा भदौ २० गते देखि फिर्ता गरिने र आवेदन फारममा उल्लेख भएको बैंकखाताको विवरण मै पैसा फिर्ता हुने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स