आजबाट श्रृजनशील लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओ आज (भदौ १५ गते)देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय ९० कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । आईपीओ निष्कासन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गते हुनेछ ।

कम्पनीको सेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

नेपाल धितोपत्र बोर्डले साउन १८ गते कम्पनीलाई सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स