आज सबैभन्दा धेरै रकमको सेयर कारोबार गर्ने कम्पनी यस्ता छन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६१.९४ अंकले बढेको छ । मंगलबार नेप्से परिसुचक ५.७४ प्रतिशतले बढेको हो । आज २२४ कम्पनीको सेयर १ लाख ९ हजार १८२ पटक करोबार भएको छ । १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ८२ करोड २६ लाख रुपैयाँ बराबरको करोबार भएको छ ।

आज कारोबार भएका कुल कम्पनीमध्ये ८ वटाको मात्र सेयर मूल्य घटेको छ । आज ४५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सबैभन्दा धेरै रकमको सेयर कारोबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्टको भएको छ । कम्पनीको सेयर ४६ करोड ३० लाख रुपैयाँभन्दा धेरैको खरिद बिक्री भएको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । आज कम्पनीको सेयर मूल्य ६४.१० रुपैयाँले बढेर ७०५.६० रुपैयाँ पुगेको छ ।

हिमालयन डिष्टिलरीको सेयर २६ करोड ८८ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रति कित्ता ७ हजार ५५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ६.०९ प्रतिशत अर्थात ४०५ रुपैयाँले बढेको छ ।

अपर तामाकोसी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ६७.८० रुपैयाले बढेर आज प्रति कित्ता ७४५.८० रुपैयाँ पुगेको छ । कम्पनीको आज २४ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

नेशनल हाइड्रोपावरको सेयर १९ करोड ९९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ३९.३० रुपैयाँले बढेर ४३२.३० रुपैयाँ पुगेको छ ।

आईसीएफसी फाइनान्सको सेयर १९ करोड ८७ लाख रुपैयाँभन्दा धेरैको खरिद बिक्री भएको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ८६.४० रुपैयाँले बढेर आज ९५१.३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स