नेप्सेमा राप्ती हाइड्रोको सेयर सूचीकृत, ओपनिंङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर सूचीकृत भएको छ। मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.३५ रुपैयाँदेखि ३१९.०५ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । बुधबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।

कम्पनीको RHGCL सिम्बलबाट कारोबार हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स