नेप्से सामान्य अंकले बढ्दा नेपाल टेलिकमको सर्वाधिक सेयर खरिद बिक्री

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक २.१९ अंकले बढेर १९९५.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख १४ हजारको कित्ता सेयर १ अर्ब १ करोड ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, होटल एण्ड टुरिजम, हाइड्रोपावर, फाइनान्स, नन् लाइफ इन्सोरेन्स र लाइफ इन्सोरेन्स बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०५ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ९ करोड ५७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ६ करोड ३९ लाख, नबिल बैंकको ४ करोड ४४ लाख, रिडी हाइड्रोपावरको २ करोड ९९ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स