नेप्से सामान्य अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख ४० हजारको कित्ता सेयर १ अर्ब २६ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, माइक्रो फाइनान्स, म्यूचल फण्ड र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ११ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको ५ करोड, हिमालयन डिस्टिलरीको ४ करोड २ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ५८ लाख र रिडी हाइड्रोपावरको ३ करोड ५४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स